पानीपुरीको सेवनले गम्भीर प्रकारको बिरामी !

वर्षात्को समयमा पानीजन्य विभिन्न रोगहरूको संक्रमणको जोखिम धेरै हुन्छ । यो समयमा विभिन्न रोगको प्रकोप फैलिने जोखिम हुन्छ । त्यसमध्ये पनि सबैभन्दा धेरै टाइफाइडको जोखिम हुन्छ ।

Bhancha ghar0

भारतमा प्रत्येक वर्ष वर्षाको मौसममा टाइफाइडमा धेरै बिरामी देखिने गरेका छन् । तेलंगनामा राज्यमा टाइफाइडले आतंक मच्चाइरहेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । जसको प्रमुख कारण सडकमा बेचिने पानीपुरी लगायतका खानाहरू रहेको त्यहाँको स्वास्थ्य विभागले निष्कर्ष निकालेको छ ।

मे महिनामा मात्र तेलगंनामा २ हजार ७ सय टाइफाइडका केस पाइएका थिए । जुनमा उक्त संख्या २ हजार ७ सय ५२ रहेको थियो ।सामुदायिक स्वास्थ्य निर्देशक डा. जि श्रीनिवास रावले टाइफाइडलाई ‘पानी पुरी रोग’ भनेका छन् । सरकारले वर्षात्को समयमा पानीपुरी नखान सबैलाई सुझाव दिएको छ ।

डा.रावले पानीपुरी बेच्नेहरूलाई सरसफाइमा ध्यान दिन र स्वच्छ पानीको मात्र प्रयोग गर्न आग्रह गरेका छन् । दूषित पानी, खाना तथा लामखुट्टेका कारण मौसमी विरामी जस्तै, मलेरिया, झाडापखाला, भाइरल ज्वरोलगायत हुने गर्दछ । तेलंगनामा ६ हजारभन्दा धेरैजना झाडा पखालाबाट प्रभावित भएका छन् । डेंगुको केस पनि धेरै बढिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.