प्रहरी संगठनसङ्ग नागरिकको सम्बन्ध, आसा र बिश्वास

Navadurga sun

शान्ति–सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति–सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए ।

२००७ सालको क्रान्ति पश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो । तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (क्ष्न्ए) रूपमा नियुक्त भएका थिए ।

यस्ता थुप्रै समस्या र चुनौतीका बाबजुद पनि नेपाल प्रहरीले जनतालाई दिने सेवा सुबिधामा कुनै कमी आउन दिएन । गैरवमय इतिहास बोकेको नेपाल प्रहरी साच्चिकै भन्ने हो भने जुनसुकै अवस्थामा पनि नागरिकको साथमा रहिआएको छ । विभिन्न कालखण्डका प्रहरी प्रमुखले अतुलनीय र महत्त्वपूर्ण भुमिका निर्बाह गरेका छ ।

नेपाल प्रहरीका प्रहरी प्रमुख नाम र कार्यकाल सहितको सुची :–

नेपाल प्रहरी नेपालको इतिहासमा घटेका घटनाको सम्बन्धमा विभिन्न कालखण्डको समयमा चाहे पञ्चायत अगाडि होस या पछाडि को समय जहाँ पनि प्रहरी सेवकको रुपमा प्रस्तुत भयो।पञ्चायत कालमा घटेका घटेनाहरु जनकपुर बम काण्ड, कच्छे बर्ष, झोडा काण्ड, पिस्कर हत्याकाण्ड,टिम्बुरबोटे काण्ड,सुखानी हत्याकाण्ड,छिन्ताङ्ग हत्याकाण्ड,सेक्टर काण्ड लगायतका हत्याकाण्ड होस या अनुसन्धानका घटनामा नेपाल प्रहरी पहिलो स्थानमा रहिआएको इतिहास छ।कतिपय घटनाहरुमा राजनैतिक हस्तक्षेप भइ अनुसन्धान गर्न बाट नेपाल प्रहरी लाई रोकिएका इतिहास पनि हाम्रो अगाडि जीवितै छन।बहुदलीय संसदिय ब्यवस्था कालिनमा दासढुंगा दुर्घटना, माओवादी युद्धमा घटेको दरबार हत्याकाण्ड लगायतका घटनाको अनुसन्धान प्रक्रियामा राजनैतिक हस्तक्षेप भएको हामी अनुमान गर्न सक्छौ र यी घटना बाट प्रहरीलाईकमजोर बनाउने उदेश्यले दबाब गरिएको हुनसक्ने तथ्यले पुष्टि गर्दछ। माओवादी युद्धमा घटेका घटनाहरुमा पनि विभिन्न किसिमका आरोप नेपाल प्रहरीले खेप्नुपरेको छ।

जनताहरुको बिचारमा प्रहरी नजिक हुने बित्तिकै एउटा छुट्टै आसा र बिश्वास हुने गरेको छ।प्रहरी चौकी तथा बिट हरु गाउगाउमा हुनु पर्छ भन्ने आवाज सर्बसाधारण जनताको मुहार बाट सुन्न सकिन्छ।तर केही त्यस्ता समय छन प्रहरी जनता सङ्ग प्रत्यक्ष सम्बन्ध जोडिएको संगठन भएकाले आन्दोलन,मेला महोत्सव, झैझगडा, बाढीपहिरो, लगायतका समस्या लाई होस या सुरक्षा ब्यबस्थालाई ब्यबस्थित गर्नका लागि अग्रपंक्तिमा रहेको हुन्छ।त्यस पछिका अनावश्यक तथा अस्वाभाविक घटनाको पिडक मा नेपाल प्रहरी हुँदै र आरोप खेपिरहेका छ ।

नेपाली नागरिकको सधै साथमा रहने नेपाल प्रहरी हो।देश र नागरिकले सामना गर्नुपरेको आपतबिपतमा आफ्नो पिडालाई बिर्सेर नागरिक को सुरक्षामा आफुलाई समर्पित गरेको छ।भुकम्प होस या बाढीपहिरो,आगलागी होस या सितलहरी, दुर्घटना होस या महामारी,चाडपर्वको सुरक्षा होस या स्थानीय संस्कृतिको संरक्षण, नागरिकको संरक्षण र सुरक्षामा सदैव खटिएको नेपाल प्रहरीको योगदान इतिहासमा अतुलनीय छ ।

आफू लाई पीडा गर्दा होस या जोखिम गर्दा या समस्या पर्दा जनताले पहिलो सम्झिने र बिश्वास गर्ने पहिलो आसाको स्थान प्रहरी हो।न त चाडपर्व भन्न मिल्छ, न त परिवार , न कुनै दुख पीडा कहिलै पनि आफू आफनो नभनी जनताका सुरक्षा र समस्याको सावधान तर्फ प्रहरी समर्पित भयो।नेपालको सुरक्षा ब्यवस्था तथा शान्ति सु–ब्यबस्थामा नेपाल प्रहरीको अतुलनीय र महत्त्वपूर्ण योगदान छ ।

प्रहरी मेरो साथी
जय नेपाल
जय प्रहरी संगठन

Loading...