वडा अध्यक्षमा मेरा उमेद्ववारी कीन ? : स्वतन्त्र उमेदवार लक्ष्मण गिरी

स्वदेश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण आम देशभक्त नेपाली नागरिकहरुमा नमस्कार अनि जय नेपाल । आज म आफ्नो बिचार सहित यो सामाजिक संजालको फ्रन्टमा रहेको अनलाइनमा धारणा राख्न पाउदा एकदमै खुशी भएको छु र धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु ।
म स्वतन्त्रता चाहन्छु त्यही भएर म स्वतन्त्र नागरिक बन्दै छु । किन कि अहिलेसम्म जति पनि राजनीति गर्दै आएका दलहरु छन् तिनीहरुले विभिन्न काल खण्डमा देश बिकास र जनताको हितमा काम गर्ने भनेर विभिन्न पार्टी गत संगठन खोले तर ती संगठन नाम मात्रका भए । अथवा नेतालाई बनाउने भर्ती केन्द्र जस्तै भए । नत्र भने आज सम्म पनि विद्यार्थी ,शिक्षक , प्राबिधिक ,श्रमजीवी पत्रकार , किसान ,मजदुर ,ब्यवसायिक आदि संगठन भएर पनि किन आन्दोलनमा छन् त ? उनीहरुको माग किन संबोधन भएनन् त ?
त्यसकारण मेरो विचारमा त्यसको जड भनेको पार्टी गत संगठन नै हो । यदि स्वतन्त्र भएर हरेक क्षेत्रहरू आ आफ्ना जायज मागहरूमा एक्यवद्धता जनाएर संबंधित निकायलाई खबरदारी गर्ने हो भने यहाँ ती अधिकार र आवश्यकता परिपुर्ति गर्न कुनै समस्या छैनन् । विद्यार्थी ,किसान ,शिक्षक ,श्रमिक ,मजदुर अलग अलग भएर जाने समस्या पनि एउटै हुने तर ती समस्याहरु समाधान गर्न संबंधित निकायमा पहल गर्दा जति पार्टी छन् त्यति नै संगठनका हिसाबले अलग अलग भएर जाने गर्छन् । यस्तोमा केही पावर हुने संगठनका पहुँच हुने ब्यक्ति मात्रै क्षणिक लाभ लिएर चुप हुन्छन् र अरु त्यस्तै रहिरहन गएका छन् । त्यसपछि लाभ नपाउने पार्टीको संगठनले आन्दोलन चर्काउन सुरु गर्छन् । यो निरन्तर चलिरहेको छ र चलिरहने छ यदि यस्तै सिद्धान्तमा चलिरहने हो भने । त्यसैले हो यस्तै प्रवृत्ति बाट माथि उठ्न सचेत नेपाली नागरिकहरु अब जाग्न जरुरी छ । किसान , मजदुर , श्रमिक ,विद्यार्थी ,शिक्षक तथा अन्य जति पनि संगठन छन् सबै अब एक हुनुपर्छ ।तपाईं स्वतन्त्र भएर आफ्नो हक हितको लागि अगाडि बढ्नुपर्ने अबको आवश्यकता छ । तपाईं हामी हिजो छरिएर अरु कुनै एक पार्टी अथवा नेताको स्वार्थ पुर्ती गर्नमा लागेर हामी जस्तै अन्य थुप्रै पीडित र अन्यायमा परेकाको हक हित र अधिकार कुचुल्दै गयौं । त्यो महापापी हामी स्वयं हौं । अब त्यसको प्रास्चित गर्ने समय आएकोले हामी एकजुट भएर स्वतन्त्र रूपमा आफ्नो नगर अथवा गाउँ पालिकामा सक्षम ,समाजसेवी ,बुद्धिजीवी ब्यक्ति छनौट गरेर सम्पूर्ण थिचोमिचोमा परेका नागरिकहरुको हक हित र अधिकार दिलाएर विभेद रहित समाज निर्माण गरि समानताको आधारमा बिकासलाइ तीब्र गतिमा अगाडि लैजाउदै नागरिकलाई गुणस्तरीय तथा नि: शुल्क शिक्षा र ब्यवसायिक तथा ब्यवहारिक बैज्ञानिक शिक्षा लागू गर्दै नेपालको माटो सुहाउँदो आधुनिक कृषि प्रणाली अप्नाउदै कृषिमा क्रान्ति ल्याउने बाटोमा लाग्न ढिलाइ गर्नु हुँदैन । नेपाली कच्चापदार्थमा आधारित साना तथा मझौला उद्योग हरेक वडा तथा नगर भित्र खोलेर आत्मनिर्भर नेपाल बनाएर नेपाल भित्र रोजगार दिने बाताबरण बनाउने मुल लक्ष्य र उदेश्य हुनेछ । यस्तोमा भ्रष्टाचारको बिसयमा शुन्य सहनशीलताको ठोस निति ल्याउने र नागरिकलाई अन्याय ,अत्याचारमा पर्न नदिन विशेष सामाजिक सुरक्षा निति ल्याइ सुसुशान कायम गर्दै नमुना वडा तथा नगर पालिका बनाउने निति हामीले ल्याउनु पर्छ ।
बाकी कुरा अर्को चोटि ल्याइने छ । यो मेरो विचारमा सहमति भएर स्वतन्त्र हुदै उम्मेदवारी दिएर नागरिकका हरेक क्षेत्रका मागलाई पूरा गरि बिकासलाइ तीब्र गतिमा र स्वदेश मै रोजगारी हुनेगरी स्वतन्त्रता चाहनु हुन्छ भने मेरो फेसबुक पेजमा जोडिनु होला अथवा मेरो संपर्क नंबर ९८२१६४०४७४/९८६२११०६७५

Loading...