जिवनी : श्री चक्र बहादुर बोगटी अध्यक्ष चुरे गाउँपालिका

मानिस जन्मन्छ, बाच्नका लागी अनेक संघर्ष गर्छ र अन्त्यमा मृत्यु वर्ण गर्छ । समान्री मानिसको जीवन समान्री तरिकाले ब्यतित हुन्छ । केही मानिसहरू जसले अनेक संघर्षका बाबजुद समाज, राष्ट्र र बिश्वकै लागि उल्लेखनीय काम गरेर मृत्यु पछि पनि आफ्नो नाम एतिहासमा सुनौलो अक्षरले लेखाउन सफल हुन्छन् । समाज र राष्ट्रका लागि आफ्नो जीवन समर्पण गरेका हुन्छन । आफ्नो जिवनलाई समाज परिवर्तनका लागि समर्पित गर्ने ब्यक्ति मध्य एक ब्यक्ति चक्र बहादुर बोगटी पनि हुन ।

पिता कणर् ब.बोगटी र माता चम्फा देबि बोगटीको कोखबाट जेठो छोराको रुपमा बि.स २०२४ साल फाल्गुन महिनाको २५ गतेका दिन डोटी जिल्लाको बोगटान गापा को पलाडी गाउमा जम्मेका चक्र बहादुर बोगटीको पारिवारिक अवस्था अति कमजोर थियोे । सानै उमेर देखि राजनीतिमा रुचि भएका बोगटीले आफ्नो रुचि र इच्छा बमोजिम अफ्नो जीवन समाजका लागि समर्पित गराउने आवसर पाए । चक्र बहादुर बोगटीले आफ्नो शैक्षिक यात्राको सुरुवात श्री बस्नेत आ.बि खैरालाबाट गर्नु भयो । उहाँ खैरालामा कक्षा १ देखि ३ सम्म पढ्नु भयो र कक्षा ४ देखि कक्षा ६ सम्म डोटी को के.आई.सिङ्ग गाउपालिकामा गर्नु भएको थियो । त्यस पछि कक्षा ७ देखि १० सम्म श्री बेहडाबाबा मा.बि धनगढी मा अध्यन्न गर्नु भयो।यसै क्रममा विविध कारणले गर्दा उहाको शैक्षिक यात्राले यहि बिट मार्यो ।

उहाले करिब एक बर्ष सम्म निःशुल्क शिक्षण पेशा समेत गर्नु भएको थियो ।

बि.स २०४६ सालदेखि राजनीतिमा सक्रिय बोगटी विभिन्न आन्दोलनमा सक्रिय भई आफ्नो राजनीति यात्राको सुरुवात गरे । बि.स २०४९ सालको चुनावमा खैराला गा.बि.स को अध्यक्षमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिस्पर्धिलाई पराजित गरि कलिलो उमेर मा नै गा.बि.स को अध्यक्ष हुनु भएको थियो । बि.स २०४९ साल देखि २०५४ साल सम्म गाबिस अध्यक्ष भएर जनता को काम मा सक्रिय हुनुभयो । बि.स २०५४ साल को चुनाव मा फेरि पनि खैराला गा.बि.सको अध्यक्षमा खसेको मतको ८० प्रतिशत लोकप्रिय मत पाएर दोस्रो पटक गाबिस अध्यक्ष मा बिजय हुनुभयो । फेरि २०५४ साल देखि २०५९ साल सम्म अध्यक्ष भइ विभिन्न सामाजिक काम मा आफुलाई तल्लीन बनाउनु भएको थियो । उहाँ नेकपा एमाले को वडा कमिटी हुँदै,गाउँ कमिटी,इलाका इन्चर्ज,क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटी सम्म पुग्नु भएको छ ।

घरायसी समस्या का बाबजुद चक्र बहादुर बोगटी ले बि.स २०६० साल देखि बि.स २०७२ साल सम्म सामाजिक र पार्टीगत काम मा सहभागी हुन पाएनन् ।

फेरि बि.स २०७२ साल देखि निरन्तर पार्टी र समाजको काममा आफू दिनरात खटिरहे त्यस अवधिमा बोगटी लाई पार्टीले खासै जिम्मेवारी दिएन । बिस्तारै पार्टीका काम मा निरंतरता दिएका बोगटी लाई नेकपा बिभाजन पछि नेकपा एमाले को चुरे संयोजक पार्टी ले २०७७ असारमा तोकेको थियो।पार्टी को हित र पार्टी संगठन बिस्तार मा बोगटी को चुरेमा ठुलो योगदान रहेको पाइन्छ । त्यही बिश्वास र सफल नेतृत्व देखेपछि बि.स २०७८ असोज १५ गते सम्पन्न चुरे गाउपालिकाको सम्मेलन बाट बोगटी गाउँ कमिटी अध्यक्ष मा निर्बिरोध निर्बाचित हुनुभएको थियो।गाउँ कमिटी अध्यक्ष भइ सकेपछि बोगटी पार्टी को काम मा निरन्तर खटिनुभयो ।

पार्टी ले उहाँ को नेतृत्व को पहिचान र बिश्वास गरि बि.स २०७९ साल बैशाख ३० गते सम्पन्न हुन गहिरहेको स्थानीय तह को निर्वाचन मा नेकपा एमाले को तर्फबाट गाउपालिका को अध्यक्ष को उमेदवार बनायो र बोगटी ले अध्यक्ष को टिकट पाए । निर्वाचन मा गठबन्धन का साझा उमेदवार लाई २४ मत को अन्तरले पराजित गर्दै गाउपालिका को अध्यक्ष मा बिजय हासिल गरे ।

चक्र बहादुर बोगटी ले अहिले सम्म तीन वटा चुनाव लडेका छन जस मा तिनै पटक बिजय हासिल गर्नुभेको छ । उहाँ नराम्रो प्रवृत्ति को ब्यक्ती सङ्ग संगत गर्न मन नपराउनु, दुःखि, पीडित, असाहय, अपांग, बृद्धबृधालाई सहयोग गर्न मन पराउनु, अन्याय, अत्याचार, डर धम्की नसहने संगीत सुन्न मन पराउने उहाका ब्यबहारिक पक्ष हुन ।

उहाँ ले चुरे मा छोटो समयमा नै जनता लोकप्रिय काम गरि सक्नु भएको छ । एम्बुलेन्स लाई निःशुल्क रुपमा संचालित गर्नुभएको छ । गापा को आयस्रोत बढाई गाउपालिका को बिकास र समृद्धि मा आफू कहिलै पनि पछि नहट्ने उहाँले बताउनु भएको छ । उहाँ अहिले चुरे गाउपालिका को अध्यक्ष हुनुहुन्छ ।

Loading...