सेती अस्पतालको विस्तारित सेवा असोज १ देखि फेरि सुरु हुने

धनगढी- सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको सेती प्रादेशिक अस्पताल, धनगढीले केही समयदेखि स्थगित रहेको विस्तारित अस्पताल सेवा (EHS) पुनः सञ्चालनमा ल्याउने भएको छ।

अस्पताल प्रशासनका अनुसार २०८३ असोज १ गतेदेखि नियमित कार्यालय समयबाहेकका समयमा EHS सेवा सञ्चालन हुनेछ। यससँगै सर्वसाधारण तथा बिरामीले अतिरिक्त समयमा समेत अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने भएका छन्।

Navadurga sun

अस्पताल प्रशासन शाखाले जारी गरेको सूचनाअनुसार आइतबार तथा सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि EHS सेवा उपलब्ध हुनेछ। त्यस्तै, सोमबारदेखि शुक्रबारसम्म नियमित कार्यालय समय सकिएपछि बेलुकी ५ बजेपछि सेवा सञ्चालन हुने जनाएको छ।

तर शनिबार भने EHS सेवा पूर्ण रूपमा बन्द रहनेछ।

विविध कारणले केही समयदेखि रोकिएको विस्तारित अस्पताल सेवा पुनः सञ्चालनमा आएपछि नियमित कार्यालय समयमा अस्पताल पुग्न नसक्ने बिरामी तथा अतिरिक्त समयमा स्वास्थ्य सेवा आवश्यक पर्ने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

अस्पतालले निर्धारित समयअनुसार EHS सेवा लिन सर्वसाधारण तथा बिरामीहरूलाई आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...