वर्तमान राजनीतिक संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अत्तरिया- नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर समिति कैलालीले वर्तमान राजनीतिक संकट र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार कैलालीको अतरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा सम्पन्न गरेको हो । 

नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर कमिटीका अध्यक्ष कैलाश सीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोल्युट ब्युरो सदस्य रंगनाथ ढकाल रहनु भएको थियो । दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवाद एकीकृत जनक्रान्ति जिन्दाबाद भन्ने मूल नारा रहेको थियो ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका टंक कोइराला, नेपाली कांग्रेसका लोकराज पाण्डे आगो,  शिक्षक ललन प्रसाद चौबे, प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, बामपन्थी नेता दिल बहादुर बम, पूर्व शिक्षक फडेन्द्र बिनाडी, शिक्षक लिलाधर बास्कोटा, डाक्टर नर बहादुर मौनी, नेपाली कांग्रेसका नगर सभापति वीर बहादुर चोखाल, माओवादीका कृत बहादुर चन्द र धर्मराज भट्ट लगायत वक्ताहरु रहेका थिए । 

Dadeldhura hospital

उक्त अन्तरक्रिया कार्यक्रममा बाेल्नु हुँदै प्रमुख अतिथि ढकालले अहिलेका समस्याहरूमा एउटा राजनीतिक अस्थिरता हो । दोस्रो समस्या भ्रष्टाचार हो । पिउन देखि सचिव सम्म भ्रष्टाचारले लिप्त छन् । बेरोजगारी र विपन्नता तेस्रो समस्या हो । निःशुल्क स्वास्थ्य शिक्षा र रोजगारी नहुनु चौथो समस्या अथवा रोग हो सबै पार्टी तथा विज्ञहरू सँगै बसी छलफल गरी यस्ता समस्या तथा रोगको बारेमा समाधान निकालौँ । एकातिर लघुवित्तले लुट गरेर आत्महत्या आत्मदाह गर्न बाध्य पारिरहेको छ एमसीसी पास गरे नागरिकता विधेयक पास गरे १ करोड विदेशीले नेपाली नागरिकता पाए राष्ट्रिय उद्योगहरू नखोल्ने दलाल पुँजीवादको उदारवादी अर्थतन्त्र विदेशीले उद्योग खोल्न पाउने ब्यवस्था र बहुराष्ट्रिय कम्पनीबाट कमिसन खाने व्यवस्थाले मौलाउने मौका पाएको छ । 

त्यस्तै मन्तव्यको क्रममा कांग्रेस नेता पाण्डेले देश अहिलेको राजनीतिक संकटमा रहेको र राष्ट्रियताको विकासको लागि होस् वा अन्य मुद्दाहरूको लागि सबैले एक ठाउँमा आउनु पर्ने देखिन्छ । म शेर बहादुर देउवाको कार्यकर्ता भएको र जसले पाँच पटक सम्म प्रधानमन्त्री खाइसकेका छन् बीपीको समाजवादको पक्षमा सबै कांग्रेस नेताहरू र देउबाले पनि इमान्दार भएर लाग्नु पर्ने देखिन्छ । 

‘पहिला सुपमा धेरै उद्योग धन्दा भए पनि अहिले आएर यी उद्योगहरू देखिँदैनन् । ६०० सैयाको मेडिकल कलेज गेटामा बनाउन ठूलो संघर्ष गर्नु परिरहेको छ ।’ उनले भने, ‘भोको पेटले समाजसेवा गर्न सक्दैन । राजनीति पनि गर्न सक्दैन त्यसैले विपन्नलाई सम्पन्न बनाउने र अन्याय पीडितलाई न्याय दिलाउने व्यवस्था समाजवादमा जानु पर्ने देखिन्छ ।’ 

त्यस्तै टंक कोइरालाले नेपाली कम्युनिष्टहरू सिसा झैँ फुटेको बताउनुभयो । वामपन्थी नेता दिल बहादुर बमले देशको सर्वाङ्गीण विकास गरेर शिक्षा स्वास्थ्य र रोजगार भोको पेट आदिको लागि लागिपर्ने राजनीतिक नेतृत्व र राजनीति नभएकाले राजनीतिलाई नेपालमा फोहरी खेल भनिन्छ । १९५० को सन्धि खारेज गर्ने माग भएर पनि किन खारेज हुँदैन नेपालको संविधानले नेपालको नक्सा पास गरेको छैन । देश स्वतन्त्र छैन । यसलाई स्वतन्त्र बनाउनु पर्यो यो भारतको अघोषित प्रान्त जस्तै छ ।

पार्टीमा स्वतन्त्रता छैन । पार्टीलाई स्वतन्त्र बनाउनु पर्यो पार्टी भित्र विद्रोह आवश्यक छ । मल बिउ तथा इन्धनको लागि किसानले चर्को मूल्य तिर्नु परिरहेको छ । आफ्नो अमूल्य लगानी लगाएको बालीको बजार कृषकले पाएको छैन नेपालको माटो सुहाउँदो समाजवाद नेपालमा चाहिन्छ । जसले नेपालमा समानता ल्याउँछ विपन्नलाई सम्पन्न बनाउने र अन्याय पीडितलाई न्याय दिने व्यवस्था समाजवाद हो, उनले भने ।

Loading...