कैलालीमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबाार धनगढी र जानकी गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

जानकी गाउँपालिका–८ भोक्सीबाट १ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित जोशीपुर गाउँपालिका–३ का ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ४६० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी–१ बसन्त टोलका २१ वर्षीय असिम चौधरीसमेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पाँचै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...