त्रिनगर–गौरीफन्टा नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो

धनगढी- कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट सामान बोकेर नेपाल प्रवेश गरेको मालवाहक गाडीले सशस्त्र प्रहरीको ब्यारेलमा ठक्कर दिँदा ब्यारेल भाँचिएको छ।

आइतबार राति भारतबाट सामान लिएर नेपाल प्रवेश गर्दै गरेको मालवाहक गाडीले नाकामा राखिएको ब्यारेलमा ठक्कर दिएको हो। अन्य सवारीसाधनको तुलनामा उक्त गाडीको आकार ठूलो भएकाले गाडीको केही भाग ब्यारेलमा ठोक्किँदा क्षति पुगेको त्रिनगरस्थित सशस्त्र प्रहरी गणले जनाएको छ।

Navadurga sun

सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधन रातिको समयमा प्रवेश गर्ने क्रममा भएको सामान्य त्रुटिका कारण ब्यारेलमा ठक्कर लागेको हो।

घटनामा कुनै मानवीय क्षति भने भएको छैन। अन्य भौतिक संरचनामा समेत क्षति नपुगेको सशस्त्र प्रहरीले जनाएको छ।

ठक्करबाट भाँचिएको ब्यारेलको सोमबार मर्मत कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...