कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, पिपरियाबाट प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका ३४ वर्षीय रामनरेस राना रहेका छन्। पिपरियामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा आइतबार दिउँसो संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रानाको घर तथा कोठामा खानतलासी गरेको थियो।

Navadurga sun

खानतलासीका क्रममा १ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ र नगद १० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो।

पक्राउ परेका रानामाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...