तराईमा गर्मी बढ्ने, पहाडमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार देशका विभिन्न प्रदेशमा बदली, वर्षा र हावाहुरीको सम्भावना रहेको छ।

आज विशेषगरी कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

Navadurga sun

त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी र हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागमा अपराह्नपछि हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा बदली कायम रहने तथा केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...