कञ्चनपुर- कञ्चनपुरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित कैलालीका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने २३ वर्षीय नितेश राना रहेका छन्।
प्रहरीका अनुसार बेलौरी नगरपालिका–१ फटैयाबाट शनिबार बिहान उनलाई पक्राउ गरिएको हो। प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७७७० नम्बरको मोटरसाइकलमा सवार रानालाई चेकजाँच गर्ने क्रममा ५ सय ९० मिलिग्राम ब्राउनसुगर फेला पारेको जनाएको छ।

ब्राउनसुगरसहित पक्राउ परेका रानालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषधको स्रोत, कारोबारमा संलग्न अन्य व्यक्ति तथा घटनाको थप विवरणबारे अनुसन्धान गरिरहेको जनाएको छ।
