कञ्चनपुरका तीन पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह

कञ्चनपुर- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरका दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै ती क्षेत्रमा भारी वर्षा हुन सक्ने र त्यसका कारण स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने जोखिम रहेको जनाएको हो। महाशाखाले स्थानीय तह तथा सरोकारवाला निकायलाई आवश्यक तयारी अवस्थामा रहन, नदीको निगरानी बढाउन र स्थानीय समुदायलाई समयमै सूचना दिन आग्रह गरेको छ।

Navadurga sun

बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले नगरपालिका पूर्वतयारी अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार नगर प्रहरी तथा वडाध्यक्षहरूलाई आवश्यक अवस्थामा परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

“नगर प्रहरी, वडाध्यक्षलाई तयारी अवस्थामा रहन भनेका छौँ,” उनले भने, “आवश्यक सामग्री तयारी अवस्थामा राखेका छौँ।”

यस्तै, दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले पनि नगरपालिका सम्भावित विपद्लाई मध्यनजर गर्दै पूर्वतयारी अवस्थामा रहेको बताए।

कञ्चनपुरमा आइतबार बिहानैदेखि अविरल वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण महाकाली नदीको जल सतहसमेत बढेको छ।

महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनबासा शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख जीवन गुरुङका अनुसार साँझ ५ बजे गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव प्रति सेकेन्ड १ लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ।

महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि सुरक्षाको कारण देखाउँदै शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको प्रहरीले जनाएको छ।

भारी वर्षाको सम्भावना कायमै रहेकाले नदी तथा खोलाको आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान स्थानीय तह तथा सरोकारवाला निकायले आग्रह गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...