दार्चुलामा चरेश सहित २ जना पक्राउ

दार्चुला- दार्चुलामा चरेश सहित २ जना पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–२ देथलाबाट सोही ठाउँ बस्ने २० वर्षीय रमेश भट्ट र नौगाड गाउँपालिका–६ बस्ने ७१ वर्षीय कासी धामी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले २ सय ग्राम चरेश सहित दुबै जनालाई बिहीवार फेला पारि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...