यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

Navadurga sun

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०७ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...