कैलालीको भजनीमा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ

कैलाली- भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो शंका लागी चेकजाँच गर्ने क्रममा घोडाघोडी नगरपालिका–२ का ३६ वर्षीय कृष्ण चौधरीको साथबाट ५१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun

त्यस्तै, सोही स्थानमा गोप्य सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा भजनी नगरपालिका–८ का ३३ वर्षीय देवेन्द्र शाही र अछामको साँफेबगर नगरपालिका–१० का ३० वर्षीय अनिल भुलको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरू सवार से.प. ३६६२ र भे.३ प. ९४८४ नम्बरका मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका तीनै जनामाथि बरामद पदार्थको परीक्षण तथा घटनाको प्रकृतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...