कञ्चनपुर- कञ्चनपुरमा रूखबाट स्याउला काट्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–९, ब्रह्मदेवकी ४८ वर्षीया किस्मती देवी नाथको बुधबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार घरनजिकै रहेको रूखबाट स्याउला काट्ने क्रममा रूखको हाँगा बिजुलीको तारमा खसेपछि नाथलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
