होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुरमा ६ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun

बुधबार दिउँसो इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० वर्षीय भोजबहादुर ऐरले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद १९ हजार १९५ रुपैयाँ र तास बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...