बैतडीमा जिप दुर्घटना हुँदा २० जना घाइते, ४ गम्भीर

बैतडी- बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको हो।

Navadurga sun

दुर्घटनाका घाइते भएका मध्ये १३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

अन्य सात जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुने सक्ने आशंका प्रहरीले गरेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...