गोदावरीबाट लागूऔषध सहित एक किशोर पक्राउ

धनगढी- कैलालीको गोदावरीबाट लागूऔषध सहित एक किशोर पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका-१ अनामनगरबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर १.५९० ग्राम लागूऔषध (खैरो हेरोईन) सहित पक्राउ परेका हुन् । ती किशोरलाई शनिवार लागूऔषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । 

Loading...