कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीबाट प्रहरी लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।

स्थानीय लिला चन्दको घरमा डेरामा बस्दै आएका बेदकोट नगरपालिका–१ का सुनिल डगौरा, भीमदत्त नगरपालिका–१९ का अनिल डगौरा र सुनिल डगौरा एक दशमलव ४९ ग्राम लागुऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...