कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखाबाट १९ ग्राम ६५ मिलिग्राम लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

सोमबार राति कैलाली घोडाघोडी नगरपालिका–१० का २६ वर्षीय सुवर्णकुमार बोहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय अनिल श्रीपाली लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...