


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-६ घुएराबाट लागुऔषध सहित एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि ठाउँका २६ वर्षीय जयकिसन चौधरी रहेका छन् ।
चौधरीको साथबाट ८ सय ६० मिलिग्राम लागुऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।





