भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा आज राष्ट्रिय शोक

सरकारी कार्यालयदेखि विदेशस्थित नेपाली नियोगसम्म राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ।

१८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशी नदीमा आएको अकल्पनीय तथा भीषण बाढीका कारण मृत्यु भएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

Navadurga sun

राष्ट्रिय शोकका अवसरमा आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी अहिलेसम्म १ हजार ३४२ जनाको मृत्यु भएको छ भने ४ हजार ९९६ जना सम्पर्कविहीन छन्।

त्यस्तै, बाढी तथा त्यसबाट उत्पन्न विपद्मा परी ६ हजार ८३ जना घाइते भएका छन्। खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ।

भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सरकारले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ।

आज मनाइने राष्ट्रिय शोकले बाढीमा ज्यान गुमाएका नागरिकप्रति राज्यको सम्मान र पीडित परिवारप्रतिको ऐक्यबद्धता व्यक्त गर्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...