


अत्तरिया- गोदावरी नगरपालिका वडा नं २ अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग गरिएको छ ।


शुक्रबार अत्तरियामा रहेको सुदूरपश्चिम अटो यातायात प्रालिले महिला तथा बालबालिका सेभ हाउसला खाद्यान्न सहयोग गरेको हो ।



अटो यातायात प्रालिका अध्यक्ष सिताराम कठायत, सञ्चालक सदस्य राजेश कैनी र प्रेम कोलीको सहभागितामा सेभ हाउसको संस्थामै गएर खाद्यान्न सामग्री हस्तान्तरण गरिएको अध्यक्ष कठायत जानकारी दिए ।
उनले व्यक्तिको दैनिक जीवनमा उपभोग गर्न नभई नहुने खाद्यान्न सामग्री हो र हामीले थोरै भएपनि सेभ हाउसमा आश्रय लिएर बसेका महिला तथा बालबालिकाका लागि सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।
यस्ता खालका संस्थाहरूलाई आगामी दिनहरूमा पनि आफ्नो तथा यातायातको तर्फबाट सहयोग गरिने बताए। अटो यातायात प्रालिद्वारा सेभ हाउसलाई चामल, दाल, साबुन लगायतका सामाग्रीहरू वितरण गरिएको हो ।





