


धनगढी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ अमरपुरको एक विपन्न परिवारलाई खाट सहयोग गरिएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले शुक्लाफाँटा ११ का बद्री कोलीको परिवारलाई बिहीबार दुई वटा खाट सहयोग गरेका हुन् । भुइमै सुतेर रात काट्नुपर्ने अवस्थाको अन्त्यका लागि कोलीको परिवारलाई दुई वटा खाट सहयोग गरिएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख ओझाले बताए ।


‘भुइमै सुतेर रात काट्नुपर्ने अवस्था रहेछ । सो अवस्थाको अन्त्यका लागि सुत्नको लागि खाट सहयोग गरेको हुँ,’ नगर प्रमुख ओझाले भने । गरिब, विपन्न परिवारलाई नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख ओझाले बताए । खाट पाएपछि बद्री कोलीको परिवार खुसी भएको छन् । उनी लगायत श्रीमती र छोराछोरीको मानसिक सन्तुलक समेत ठिक छैन । यस अघि उनको घर मर्मतका लागि समेत सहयोग संकलन गरिएको थियो ।

