रसुवा बाढीपीडितका लागि अत्तरिया हस्पिटलद्वारा राहत कोषमा २ लाख २५ हजार ५५५ रुपैयाँ सहयोग

अत्तरिया- रसुवामा आएको बाढीका कारण भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटलले २ लाख २५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

हस्पिटलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ। विपद्का कारण पीडित बनेका परिवारलाई दुःखको यस घडीमा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको अस्पतालले जनाएको हो।

Navadurga sun

विपद्को समयमा पीडित तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगले मानवता तथा सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता झल्काउने अस्पतालको भनाइ छ।

‘सेवामा समर्पित, जीवन बचाउन प्रतिबद्ध’ भन्ने भावनाका साथ अघि बढिरहेको अत्तरिया हस्पिटलले विपद्का बेला पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्नसमेत आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...