बाजुराका १५६ किसानलाई गोरु पालनका लागि प्रोत्साहन रकम

बाजुरा- परम्परागत कृषि प्रणालीमा गोरुको प्रयोगलाई निरन्तरता दिन तथा किसानलाई गोरु पालनतर्फ आकर्षित गर्ने उद्देश्यले बाजुराका १५६ किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत प्रतिकिसान पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराएको हो। प्रविधि तथा कृषि यान्त्रिकीकरण बढ्दै गएसँगै गोरु पाल्ने क्रम घट्न थालेपछि किसानलाई गोरु पालनमा प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ।

Navadurga sun

प्रोत्साहन रकम पाउने किसानमा स्वामीकार्तिक खापर गाउँपालिकाका ३७, बडीमालिका नगरपालिकाका ३३, गौमुल गाउँपालिकाका ३२, बुढीनन्दा नगरपालिकाका १४, खप्तड छेडेदह गाउँपालिकाका १४, जगन्नाथ गाउँपालिकाका ११, हिमाली गाउँपालिकाका सात, त्रिवेणी नगरपालिकाका चार र बुढीगंगा नगरपालिकाका तीन जना छन्।

कार्यक्रमका लागि जिल्लाका नौवटै स्थानीय तहबाट चार सय जनाले आवेदन दिएका थिए। आवश्यक कागजात जाँचपछि दुई सय जना छनोट गरिए पनि असार २५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेका १५६ किसानलाई मात्रै बैंक खातामार्फत रकम भुक्तानी गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जैशीले जानकारी दिए।

उनका अनुसार घरमा एक हल गोरु पालेर परम्परागत कृषि प्रणालीअनुसार खेती गरिरहेका किसान तथा जिल्लाका विकट स्थानीय तहलाई प्राथमिकता दिइएको थियो। दुर्गम गाउँबाट सदरमुकाम आउन कठिन हुने किसानका लागि सम्बन्धित पालिकामै आवश्यक कागजात बुझाउने व्यवस्था गरिएको थियो।

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले हल गोरु पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमअन्तर्गत बाजुराका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...