रसुवा बाढी प्रभावितका लागि सुदूरपश्चिम सरकारको २ करोड सहयोग

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी प्रभावित नागरिकका लागि दुई करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

शुक्रबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री खगराज भट्टसहित प्रदेश सरकारका मन्त्रीहरूको एक महिनाको तलबसमेत बाढी प्रभावित नागरिकको सहयोगका लागि उपलब्ध गराउने निर्णय गरेको हो।

Navadurga sun

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले उक्त निर्णय गरेको जनाइएको छ।

मुख्यमन्त्री तथा मन्त्रीहरूको तलबबाट हुने सहयोगसँगै प्रदेश सरकारको दुई करोड रुपैयाँ आर्थिक सहयोगले रसुवाका बाढी प्रभावित क्षेत्रमा सञ्चालन हुने राहत तथा पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
Loading...