सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरू अनिश्चितकालका लागि स्थगित

अत्तरिया- सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालित तथा पूर्व निर्धारित सम्पूर्ण परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएका छन्।

देशमा उत्पन्न प्राकृतिक विपत्तिका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयबाट २०८३ भदौ ११ गते प्राप्त निर्देशन बमोजिम विश्वविद्यालयले भदौ १२ गते एक अत्यन्त जरुरी सूचना जारी गर्दै परीक्षा स्थगनको जानकारी दिएको छ।

Navadurga sun

विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. गोविन्द सिंह विष्टद्वारा हस्ताक्षरित सूचना अनुसार, हाल सञ्चालनमा रहेका र आगामी दिनमा सञ्चालन हुने भनिएका सबै परीक्षाहरू अर्को सूचना नआउञ्जेलका लागि रोकिएका हुन्। स्थगित गरिएका परीक्षाहरूको नयाँ परीक्षा तालिका पछि पुनः प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...