सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु





अत्तरिया, ५ साउन- सुदूरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको छ।
मंगलबार प्रदेशभर ४ सय ९ जनाको नमूना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।


सेती प्रादेशिक अस्पतालमा ९७ जनाको नमूना परीक्षण गर्दा ४२ जनामा कारोना संक्रममण पुष्टि भएको छ । त्यस्तै महाकाली अस्पतालममा १० र अछामको कमल बजार प्रयोगशालामा ५ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर ३५ जना जनाले कोरोना निको भएर घर फर्किएका छन् ।



