रसुवाका बाढीपीडितलाई कांग्रेस सुदूरपश्चिम संसदीय दलको आर्थिक सहयोग

धनगढी-  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेका छन्। यस्तै, संसदीय दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन्।

Navadurga sun

संसदीय दलका अनुसार प्रदेशसभा सदस्यहरूको सहयोगबाट कुल ३ लाख ६० हजार ८ सय ३३ रुपैयाँ संकलन हुनेछ। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।

भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरिएको संसदीय दलले जनाएको छ।

प्राकृतिक विपत्तिका बेला प्रभावित नागरिकको साथमा उभिँदै मानवीय सहायता र सहयोगलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत संसदीय दलले व्यक्त गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...