डडेल्धुरामा लागूऔषधसहित किशोर पक्राउ

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुरामा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट २०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित अमरगढी नगरपालिका–१ का १८ वर्षीय किशोर पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी शनिवार साँझ पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Loading...