सतर्कता तह पुग्यो महाकाली नदीमा जलसतह

कञ्चनपुर- महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ। बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको छ।

जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ। महाकालीमा आज दिनभर जसलसतह सतर्कता तहमै रहने महाशाखाले जानकारी दिएको छ। कमला नदीका साना सहायक नदीमा बहाव बढ्ने तथा केहिमा आकस्मिक बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...