सेती प्रादेशिक अस्पताललाई ८ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

Dadeldhura hospital

धनगढी, ३१ जेठ– कैलालीकाे धनगढीमा रहेकाे सेती प्रादेशिक अस्पताललाई ८ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। रेरी बाँकेको सौजन्य र धनगढी जेसीजको समन्वयमा सेती प्रादेशिक अस्पताल धनगढीलाई उक्त  स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
धनगढी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी कमल राज पनेरु र रेरी बाँकेका अध्यक्ष पुनित विक्रम शाहले संयुक्त रुपमा करिब ८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको अध्यक्ष जेसी कमल राज पनेरुले बताए। पीपीई १२० सेट, अक्सीमिटर १५ थान र अक्सिजन कन्सन्ट्रेटर १० थान हस्तान्तरण गरिएको पनेरुले बताए।

Loading...