वन मन्त्री रानाको उप-स्वकीय सचिवमा कमल रानालाई नियुक्त

Dadeldhura hospital

धनगढी, २८ जेठ- वन तथा वातावरण मन्त्री नारदमुनि रानाले आफ्नो उप-स्वकीय सचिव नियुक्त गरेका छन् । कैलाली धनगढी उपमहानगरपालिका वडा नं. ८ का कमल सिंह रानालाई मन्त्री रानाले उप-स्वकीय सचिवमा नियुक्त गरेका छन्।

उप-स्वकीय सचिवमा नियुक्त भएका राना नेपाल राना थारु समाजका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् ।
उनलाई बिहीबार देखिनै लागू हुने गरि नियुक्त गरिएको हो । मन्त्री राना विघटित प्रतिनिधि सभा सदस्य हुँदा उनी प्रमुख स्वकीय सचिव थिए ।

Loading...