अब पशुपन्छी अन्वेशण प्रयोगशाला धनगढीबाट पनि कोरोना परीक्षण हुने

धनगढी, ३१ बैशाख- कोरोना परीक्षण अब धनगढीको पशुपन्छी अन्वेशण प्रयोगशालाबाट पनि हुने भएको छ । संघीय सरकारले पठाएको आरटीपीसीआर मशिनबाट पनि कोरोना परीक्षण गरिने अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख तपेन्द्रप्रसाद बोहराले जानकारी दिए ।

Dadeldhura hospital

प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर कोरोना संक्रमणको अवस्था सामान्य नहुँदासम्म अन्वेषण प्रयोगशालामा समेत परीक्षण हुने बोहराले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

सेती प्रादेशिक अस्पतालको अनुरोध बमोजिम कोरोना परीक्षण गरिन लागेको बताइएको छ । उक्त आरटीपीसीआर मेसिनबाट दैनिक ३ सय नमूनासम्म परीक्षण गर्न सकिने जनाइएको छ । तर जनशक्ति अभावका कारण दुवै प्रयोगशाला सञ्चालन गर्न समस्या हुने सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका ईञ्चार्ज रमेश शाहीले बताए ।

Loading...