कैलालीमा नियन्त्रण बाहिर कोरोना, चैत यता ११५ जनाको मृत्यु

अत्तरिया, ३० बैशाख- कोरोनाको दोस्रो लहर कैलालीमा नियन्त्रण बाहिर गएको छ । पछिल्लो केही दिन यता जिल्लामा मृत्यु हुनेको संख्या ह्वात्तै बढेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । बुधवार मात्रै कैलालीमा सबै भन्दा धेरै १४ जनाको ज्यान गुमाएका थिए ।

पहिलो चरणको कोरोना संक्रमणले कैलालीमा करिब १ वर्षको अवधिमा ४३ जना मात्रै ज्यान गुमाएका थिए । तर, दोस्रो चरणको ३ महिनामा मात्रै ११५ जनाले उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो ३ महिनामा एक दर्जन बढी संक्रमितको घरमै मृत्यु भएको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय कटिसकेको अवस्था छ। दिन प्रतिदिन मृत्युदर बढ्न थालेको र कैलालीका कोरोनाको संक्रमण नियन्त्रण बाहिर गइसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

धनगढीमा मात्रै अहिले सम्म ५२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा सबै भन्दा धेरै सक्रिय संक्रमित धनगढीमै रहेको छ । हाल १ हजार ४१० जना धनगढीमा सक्रिय संक्रमित रहेको धामीले बताए । कैलालीको गोदावरीमा २२ जनाको मृत्यु भएको छ । लम्की चुमाहा १२ जनाको मृत्यु भएको छ । टिकापुरमा ११ जना, बर्दगोरीमा ७, गौरीगङ्गा भजनी र घोडाघोडीमा ५/५ जनाको मृत्यु भएको छ ।

Dadeldhura hospital

त्यसैगरी जोशीपुरमा ३ जना जानकारीमा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यकालले जनाएको छ । उपचारको क्रममा कैलालीमा अन्य जिल्लाका ३४ जनाको ज्यान गएको छ ।

धनगढीमा १ हजार ४१० जना कोरोना संक्रमित छन् । तर ती सबै अहिले घरमै बसिरहेका छन् । धनगढी उपमहानगरपालिकाले तयार गरिएको आइसोलेसनमा भारतबाट आएका केही संक्रमितहरु छन् । ती बाहेकका संक्रमितहरु अहिले घरमै बसिरहेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तर, उनीहरूबाट लापरवाही बढेको हुँदा थप समस्या भइरहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए । संक्रमितहरुनै अहिले मनिङ वाक भन्दै बाहिर हिँडिरहेको पाइरहेका छौँ कोही बजारम किनमेल गर्न पनि गइरहेको संक्रमितहरुले स्वास्थ्य मापदण्ड पालना नगर्दा थप समस्या भएको उपाध्यायले बताए ।

केही समय अघि सम्म पिसिआर परीक्षण गरेर संक्रमित पुष्टि भएपछि सम्पर्कमै नरहने गरेको समेत उपाध्यायले बताए । संक्रमितहरु मोबाइल बन्द गरेर बस्नुहुन्थ्यो । नगरप्रमुखले अपिल गरेपछि अहिले केही कम हुन गएको उपाध्यायले बताए ।

कैलाली जिल्लामा हिल सक्रिय संक्रमितको संख्या २ हजार ९१० पुगिसकेको छ । थप बढ्न नसक्ने भन्दै प्रशासनले तेस्रो पटक लकडाउन थप गरेको छ । तर, जिल्लामा निषेधाज्ञा फितलो भइरहेको छ । धनगढीमा केही मात्रामा निषेधाज्ञाको पालना भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा भने पालना भएको छैन । मानवीय लापरवाही बढिरहेको हुँदा जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको चिकित्सकहरू पनि बताउँछन् ।

जोखिम अत्यन्त बढिरहेको छ तर, लापरवाही पनि काम भएको छैन । यस्तै लापरवाही हुँदै गयो भने समस्या थप विकराल हुने कोरोना संक्रमितको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन डा. नीराजन दत्त शर्माले भने ।

Loading...