व्यवसायीक पत्रकार विकासका लागि मेरो उमेदवारी : पत्रकार वीरेन्द्र भट्ट

धनगढी- विगत एक दशकदेखि सुदूरपश्चिम प्रदेशबाट आर्थिक क्षेत्र (विट) मा कलम चलाउँदै आएका आर्थिक पत्रकार वीरेन्द्र भट्टले नेपाल पत्रकार महासंघ कैलालीको सह-सचिव पदका लागि उमेदावरी दिएका छन् । पत्रकारिता विषयमा स्नातक गरेका भट्टले व्यवसायीक पत्रकारिताको विकास, श्रमजीव र कलमजीवी पत्रकारहरुको पक्षमा काम गर्न सह-सचिव पदमा उमेदवारी दिएका हुन् ।

Dadeldhura hospital

आर्थिक अभियान राष्ट्रिय दैनिक एवं न्यु विजनेश एज अन्तर्राष्ट्रिय अंग्रेजी मासिक पत्रिकाका सुदूरपश्चिम व्युरो प्रमुख समेत रहेका भट्टले यसअघि काठमाण्डौँमा विभिन्न टेलिभिजन, दैनिक तथा साप्ताहिक पत्रिकामा आवद्ध भएर एक दशक लामो अनुभव हासिल गरिसकेका छन् । स्वतन्त्र पत्रकारको छवि बनाउन सफल भट्टले यसअघि आफै सम्पादक रहेर सुदूरपश्चिमकै पहिलो आर्थिक दैनिक आर्थिक खप्तड टुडे समेत ७ वर्ष सञ्चालन गरेर व्यवसायीक पत्रकारिता विकासमा महत्वपुणर् योगदान पर्‍याएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

मजीवी पत्रकारको मर्म र पेशागत चुनौतिको विषयमा राम्रो ज्ञान भएका भट्टले सवै श्रमजीवी र कलमजीवी पत्रकारहरुको साझा मञ्चको रुपमा पत्रकार महासंघलाई सवै पत्रकारहरुले अपनत्व महसुस गर्ने गरी काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनी अत्तरियाबाट प्रकाशित अग्नी पोष्ट दैनिकको पनि समाचार सम्पादन गर्दै आएका छन् । आर्थिक विटमा समाचार उत्पादन र प्रकाशन गर्ने भट्ट सुदूरपश्चिमकै एक मात्र आर्थिक पत्रकार हुन् । महासंघ कलमजीवी पत्रकारहरुको साझा फुलबारी हो, महासंघ श्रमजीवीकै पक्षमा जहिलेपनि उभिनुपर्छ, उनले भने । चैत २५ गते हुने महासंघको निर्वाचनका लागि पत्रकार भट्टलाई श्रमजीवी पत्रकारहरुको ठुलो समुहले समर्थन जनाइसकेको छ ।

Loading...