राप्रपा गोदावरी नगर कमिटीको अध्यक्षमा शेरबहादुर शाही सर्वसम्मत

अत्तरिया- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोदावरी नगर कमिटीको अध्यक्षमा युवा नेता शेरबहादुर शाही सर्वसम्मत चयन भएका छन्।

शनिबार सम्पन्न राप्रपा गोदावरी नगर अधिवेशनले शाहीलाई नगर कमिटीको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। नेतृत्व चयनसँगै नगर कमिटीलाई थप सक्रिय र सशक्त बनाउने अपेक्षा गरिएको छ।

Navadurga sun

अध्यक्षमा चयन भएका शाही लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। सामाजिक सेवासँगै उनी राजनीतिक तथा संगठनात्मक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्।

शाही हाल राप्रपा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टको सचिवालयमा कार्यरत छन्। सचिवालयमा रहेर राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका शाहीलाई युवा नेतृत्वका रूपमा समेत हेरिएको छ।

नगर कमिटीको नेतृत्वमा शाहीको चयनसँगै गोदावरी क्षेत्रमा राप्रपाको संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने चुनौती र अवसर दुवै रहेको देखिन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...