गोदावरी होटल व्यवसायी संघको अध्यक्षमा रविन्द्र खड्का सर्वसम्मत

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा रहेको गोदावरी होटल व्यवसायी संघको अध्यक्षमा रविन्द्र खड्का सर्वसम्मत चयन भएका छन्।

शनिबार सम्पन्न संघको ९औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

Navadurga sun

अधिवेशनबाट संघको उपाध्यक्षमा बिस्ना देवी बोहरा, महासचिवमा दिलबहादुर खत्री, सचिवमा निर्मला पन्थी र कोषाध्यक्षमा लालबहादुर धामी चयन भएका छन्।

त्यस्तै, संघको सदस्यहरूमा लोकेन्द्र सिंह, सुरेन्द्र बिष्ट, पवित्रा भण्डारी, डल्लु रानामगर, सीता चुनारा, रुपा गौतम र विजय सिंह धामी सर्वसम्मत चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिले गोदावरी क्षेत्रका होटल व्यवसायीहरूको हकहित संरक्षणसँगै व्यवसायलाई व्यवस्थित, मर्यादित र थप प्रवर्द्धन गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...