क्रियाशिल पत्रकारहरुले सदस्यता नपाउँदा निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

बैतडी- बैतडीमा पत्रकार महासंघको सदस्यता नपाएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । यहि चैत्र २५ हुने पत्रकार महासंघको चुनावका लागी बैतडी जिल्लामा स्थापना गरिएको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरीएको हो ।

बैतडी जिल्लामा जन प्रतिनिधि, शिक्षक, कर्मचारी, निर्माण व्यबसायी, संघ संस्थामा आवद्ध व्यक्तिहरु र बिमा कम्पनीका एजेन्टहरुलाई सदस्यता दिंदा पनी आफुहरु जिल्लामा क्रियाशिल पत्रकारहरु भएकोले पत्रकार महांसघको सदस्यता नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।

Navadurga sun

पत्रकार महासंघको बिधान २०६० को पाँचौ संसोधन २०७५ को दफा ४ को उपदफा १ को देहाय (क) र (ख) अनुसार पत्रकार महांसंघको सदस्यता प्राप्त गर्न पत्रकारिता वा अरू कुनै विषयमा स्नातक उत्तीणर् गरी एक वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति, पत्रकारिता वा अन्य कुनै विषयमा उच्चमाध्यमिक तह वा सो सरह उत्तीणर् गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति तर, महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारू, मुस्लिम, अपाङ्गता वा अन्य पहिचान भएका व्यक्ति र अल्पसंख्यक, उत्पीडित वा पिछडिएको क्षेत्र र कणर्ालीका हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्नेछ भनी प्रष्ट भनिएकोमा राजनैतिक पुर्वाग्रहको आधारमा पत्रकार महांसंघका अध्यक्षले सदस्यता बितरणमा मनोमानी गरेको पत्रकार पवन अवस्थीले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...