सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा टीका तथा जमरा लगाएर मनाइयो विजया दशमी

धनगढी- विजया दशमीको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा टीका तथा जमरा ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराई र नेपाल प्रहरी श्रीमती सङ्घ सुदूरपश्चिम प्रदेशकी अध्यक्ष मुना भट्टराईले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई टीका तथा जमरा लगाइदिँदै दसैँको शुभकामना आदानप्रदान गरेका हुन्।

Navadurga sun

चाडपर्वका समयमा पनि नागरिकको सुरक्षा तथा सेवामा खटिनुपर्ने भएकाले धेरै प्रहरी कर्मचारी घरपरिवारबाट टाढा रहेर जिम्मेवारी निर्वाह गरिरहेका हुन्छन्। उनीहरूको मनोबल उच्च राख्नुका साथै आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयमै टीका तथा जमरा लगाएर दसैँ मनाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सो अवसरमा प्रदेश प्रहरी कार्यालयले सम्पूर्ण प्रहरी कर्मचारी तथा आम नागरिकमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै विजया दशमीको शुभकामना व्यक्त गरेको छ।

ADD Khali jpg
Loading...