गोदावरीको मेयरका लागि रास्वपाबाट दीपक ओझाको आवेदन

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक ओझाले कैलालीको गोदावरी नगरपालिकाको मेयर पदका लागि आवेदन दिएका छन् ।

ओझाले दसैँको शुभसाइत पारेर पार्टीको ‘नगरपालिका क्यान्डिडेट क्लब’मार्फत मेयर पदका लागि आवेदन दिएका हुन् ।

Navadurga sun

आवेदन दिएको पुष्टि गर्दै ओझाले आफू लामो समयदेखि पार्टीको सुख–दुःखमा साथमा रहेकाले पार्टीका साथीहरूले विश्वास गर्ने आशा व्यक्त गरे ।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ ।

ओझाले आवेदन दिएसँगै गोदावरी नगरपालिकाको मेयर पदमा रास्वपाबाट उम्मेदवार बन्ने आकांक्षा सार्वजनिक भएको छ । तर, आवेदन दिनु नै पार्टीको आधिकारिक उम्मेदवार चयन हुनु भने होइन ।

ADD Khali jpg
Loading...