धानखेतीको मुख्य समयमा धनगढीमा डीएपी मलको चरम अभाव

धनगढी- धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ। यस अवधिमा पोटास ३३.२५ मेट्रिक टन बिक्री भएको छ।

प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीले धानखेतीका लागि आवश्यक पर्ने मल किसानसम्म पुर्याउने क्रममा कम्पनीले उक्त परिमाणमा मल बिक्री गरेको बताए। धानखेतीको मुख्य समयमा मलको माग बढ्ने भएकाले कम्पनीले सहकारी तथा कृषि सामग्रीको बिक्री केन्द्रमार्फत किसानसम्म पुर्याउँदै आएको उनले जानकारी दिए।

Navadurga sun

उपलब्ध मल बिक्री भइरहे पनि मागको तुलनामा आपूर्ति भने अझै बढाउनुपर्ने अवस्था रहेको छ। धनगढीका लागि युरिया एक हजार ९४७.७०५ र डिएपी एक हजार ९१५.८१५ मेट्रिक टन आवश्यक कोटा रहेको प्रबन्धक बोगटीले जानकारी दिए।

हालको बिक्रीपछि कम्पनीमा युरिया ११०.२५०, डिएपी ३१ र पोटास ९३.६५० मेट्रिक टन मौज्दात रहेको छ। मङ्गलबारसम्म बिक्री र मौज्दात जोड्दा युरिया एक हजार ३९७.९५५ तथा डिएपी ३२६.७ मेट्रिक टन पुगेको छ। आवश्यक कोटासँग तुलना गर्दा बिक्री तथा मौज्दातमा रहेको मल युरियातर्फ करिब ७२ प्रतिशत र डिएपीतर्फ करिब १७ प्रतिशतमात्रै पुग्छ। यसमध्ये डिएपीको आपूर्ति अन्तर तुलनात्मक रूपमा बढी देखिएको छ।

कम्पनीको विवरणअनुसार आवश्यक कोटाको तुलनामा युरियामा ५४९.७५५ र डिएपीमा एक हजार ५८९.११५ मेट्रिक टन कमी देखिएको छ। धानखेतीका लागि मलको माग बढेको समयमा डिएपीको आपूर्ति कमजोर हुँदा किसानले मलका लागि समस्या भोग्नु परिरहेको छ। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...