सुदूरपश्चिममा शिशु पोषण अझै चुनौतीपूर्ण, पूर्ण स्तनपान र पूरक आहारमा सुधार आवश्यक

सुदूरपश्चिम प्रदेशमा शिशु तथा बाल पोषणको अवस्था अझै पनि चुनौतीपूर्ण रहेको एक अध्ययनले देखाएको छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमले गरेको स्मार्ट प्लस सर्भेअनुसार ०–५ महिनाका ६८.३ प्रतिशत शिशुले मात्र पूर्ण स्तनपान गरिरहेका छन् भने करिब ३२ प्रतिशत शिशुले छ महिना नपुग्दै आमाको दूधबाहेक अन्य खाना वा पेय पदार्थ पाउने गरेका छन्।

सर्वेक्षणमा जन्मपछिको पहिलो घण्टाभित्र ८४.९ प्रतिशत शिशुले स्तनपान सुरु गरेको र ९८.२ प्रतिशतले जीवनमा कुनै न कुनै समयमा आमाको दूध पाएको देखिए पनि पूरक आहारको गुणस्तर कमजोर रहेको उल्लेख छ। न्यूनतम स्वीकार्य आहार पाउने बालबालिका ३७.६ प्रतिशत मात्र छन् भने धेरै बालबालिकाले फलफूल, हरियो सागसब्जी तथा प्रोटिनयुक्त आहार पर्याप्त मात्रामा नखाने गरेको पाइएको छ। साथै, गुलिया पेय पदार्थ र जंक फुडको सेवन पनि उल्लेख्य रहेको छ।

Navadurga sun

स्वास्थ्य विज्ञहरूले स्तनपानसम्बन्धी सामाजिक भ्रम हटाउन, पूर्ण स्तनपानलाई प्रोत्साहन गर्न र गुणस्तरीय पूरक आहार सुनिश्चित गर्न सबै तहबाट सचेतना र सहयोग आवश्यक रहेको बताएका छन्। विश्व स्तनपान सप्ताहको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनले शिशु स्वास्थ्य सुधारका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...