देशभर मनसुन सक्रिय: आज भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर अधिकांश स्थानमा बदली भएको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो र राति देशभर चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती, मधेस र अन्य प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

Navadurga sun

अति भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यात्रामा निस्कँदा तथा नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...