उच्च शिक्षामा नयाँ नेतृत्व: सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

सरकारले देशका सातवटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले खुला प्रतिस्पर्धामार्फत छनोट भएका सात जनालाई शुक्रबार उपकुलपतिमा नियुक्त गरेका हुन्।

नियुक्त हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन्।

Navadurga sun

उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। उक्त समितिले खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गरेपछि कुलपति समेत रहेका प्रधानमन्त्री शाहले सातै विश्वविद्यालयका उपकुलपतिलाई नियुक्त गरेका हुन्।

नवनियुक्त उपकुलपतिहरूमध्ये सुदूरपश्चिम विश्वविद्यालयका किशनदत्त भट्ट शिक्षा क्षेत्रसँगै विश्वविद्यालय प्रशासनमा समेत लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्ति हुन्। सरकारको यो नियुक्तिसँगै सम्बन्धित विश्वविद्यालयहरूमा शैक्षिक नेतृत्व, अनुसन्धान तथा संस्थागत सुधारका कार्यक्रमले थप गति लिने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...