कैलाली–कञ्चनपुरसहित विभिन्न जिल्लाका साना नदीमा बाढीको चेतावनी

बहाव बढ्ने पूर्वानुमानसँगै आगामी तीन दिन तटीय क्षेत्रलाई विशेष सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाको पछिल्लो बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीहरूको जलसतह हाल सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामै रहेको जनाइएको छ।

Navadurga sun

यद्यपि झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाका साना नदी र खोलामा आज पानीको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी किनारका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आगामी दुईदेखि तीन दिनसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न साना नदी तथा खोलाहरूमा पनि बहाव अचानक बढ्न सक्ने सम्भावना छ। त्यसैले नदी किनारका बस्ती, सडक प्रयोगकर्ता तथा स्थानीय तहलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...