

नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली देखिएको छ। मौसम पूर्वानुमान अनुसार पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ।



यसको प्रभावले कोशी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि यस्तै मौसमी गतिविधि हुन सक्ने अनुमान गरिएको छ।


यता मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने र दिनभरि गर्मी महसुस हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।