यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री बालेनको नेतृत्वमा १५ सदस्यीय टोली

काठमाडौं- संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाने भएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलगायत सहभागी हुनेछन्।

Navadurga sun

टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्र संघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल, मन्त्रालयका दुई उपसचिव र एक शाखा अधिकृत रहनेछन्।

त्यस्तै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार तथा प्रधानमन्त्रीको मिडिया टिममा रहेका एक स्वकीय उपसचिव पनि टोलीमा सहभागी हुनेछन्। प्रधानमन्त्रीको सुरक्षा टोलीबाट नेपाली सेनाका दुई सैनिक अधिकारी र नेपाल प्रहरीका एक अधिकृतसमेत भ्रमण टोलीमा रहने स्रोतले जनाएको छ।

परराष्ट्रमन्त्री खनाल, सचिव राई तथा सम्बन्धित महाशाखाका अधिकारीसहितको टोली २० सेप्टेम्बरमा न्युयोर्क प्रस्थान गर्नेछ। परराष्ट्रमन्त्री खनालले महासभाका क्रममा हुने विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउनेछन्।

प्रधानमन्त्री शाह भने २३ सेप्टेम्बरमा नेपालबाट प्रस्थान गर्ने र २४ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

२४ सेप्टेम्बरमा दिउँसो ३ बजेदेखि राति ९ बजेसम्मको अवधिमा प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नेछन्। सो दिन २४ जना राष्ट्र प्रमुख, सरकार प्रमुख वा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेकामा प्रधानमन्त्री शाहको सम्बोधन क्रम १७औँ रहेको स्रोतले जनाएको छ।

यसअघि महासभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने गरी मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो। तर, रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी हुन लागेका हुन्।

प्रधानमन्त्री शाहले महासभामा रसुवा बाढीलाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जोड्दै नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट क्षतिपूर्ति पाउनुपर्ने विषय उठाउने तयारी गरेको स्रोतले जनाएको छ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न साइडलाइन कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरेको छ। ती कार्यक्रममा भने प्रधानमन्त्री शाह सहभागी नहुने बताइएको छ।

महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री शाह २५ सेप्टेम्बरमै नेपाल फर्किने तयारी रहेको स्रोतले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...